Posts Tagged ‘patriotism’

“फेरी सम्झाउदै छु तपाईलाई मित्र -“

एकजना महानुभावले नेपालमा धार्मिक सहिष्णुता छैन भन्दा ती व्यक्तीप्रती हाँसो र दया जागेर आयो अनि एउटा कविता लेखे!

“फेरी सम्झाउदै छु तपाईलाई मित्र -“

यस्तो विविधताले भरिएको मेरो देश
नेपाली नै हुन् भिन्नै भिन्नै भए नि भेष!

कमजोर होइन, हुन्छ बल एक्तामा
गर्भ गर्छु नेपाली भएर जन्मिएकोमा
धार्मिक सहिष्णुतामा, ल्होसारमा
देशैभरी मनाईने क्रिस्मस अनि तिहारमा

रमजान मनाउने मेरी छिमेकी पनि नेपाली
पिङमा रमाउने तपाई पनि नेपाली

नेपालीपन झल्किन्छ हिउले सेत्ताम्मे हिमालमा
छठ पर्व मनाईने नदीको किनारामा

गर्भ गर्छु नेपाली भएर जन्मिएकोमा
धार्मिक सहिष्णुतामा, ल्होसारमा
देशैभरी मनाईने क्रिस्मस अनि तिहारमा
यस्तो विविधताले भरिएको मेरो देश
नेपाली नै हुन् भिन्नै भिन्नै भए नि भेष!

Advertisements