Archive for September, 2014

A Precious Circle

Posted: September 7, 2014 in Uncategorized
Advertisements

एउटा कुरा सबैसँग साट्न मन लागिरहेछ!

आज बिहानै उठेर १ मिटरको खाल्डो खनियो। हाम्रो संस्थाले गाउँका किसानलाई समूहमा आबद्ध गर्न कागतीको बोट बाँडेको थियो। १० रूपैंया तिरे पनि उक्त रकम समूहको कोषमा जम्मा हुनेहुँदा यो किसानलाई नै फाइदा हो।

सकि नसकी म र आंगा (तामांग भाषामा बहिनी)ले २ ओटा खाल्डा ३ घन्टा लगाएर खन्यौं। असिना पसिना भइ हामीले आज काम गर्यौ। हातमा ठेला उठ्ने गरी गरेको काम मलाई गर्न जरूरी थिएन। दोस्रो खाल्डो खन्दा खेरी ठूलो ढुन्गा भेटियो र हाम्रो १घन्टाको मिहीनेत खेर गयो। त्यतिबेला “यो खाल्डो तिमी आफै खन म गए” मैले भनिन। बरू अर्को खाल्डो खन्न हामी लाग्यौ।

यता गाउँमा स्वयमसेवक हुँदा यतैको जीवनमा म रम्न थालेको छु। यसो बिगतको रमाइलो सम्झदा साथीहरूसँग खाएको घुमेको खेलेको सम्झन्छु। तर वास्तवमै भन्ने हो रमाइलो र खुशी त्यति बेला महशुश हुँदो रहेछ जब कसैलाई निस्वार्थ भावनाले सहयोग गरिन्छ। यस्को मतलव यो होइन कि मलाई घर परिवार साथीभाइको याद आउँदैन। याद अवश्य आउँछ!

धन्यवाद दिन चाहन्छु न्यायिक संसार र टेभेललाई जस्ले ममा यो महत्त्वपूर्ण सिकाईको बोध गरायो। शहरमै यदी म बसेको भए म त्यहीको व्यस्त जीवनमा भुल्थे होला अनि छिमेक मै के भइरहेको छ मलाई मतलव हुन्नथियो होला।

तपाईं पनि अरूलाई स्वयम् सेवाको भावनाले खुशी गराउनुहोस्। दैनिक नभए हप्तामा १ पटक अझ भ्याउनु हुन्न महिनामा १ पटक नभए वर्षमा १ पटक। जीवन सार्थक गर्न कुनै ठूलो कार्य गर्नुपर्दैन सुरूवात सानो कदमबाट नै हुन्छ।

उक्त्त कागतीको खाल्डो मेरो यो हप्तामा ११औं खाल्डो हो र संस्थाको ४००औं !!!!

2014-07-03